close

छोराको आक्रमणबाट बुबाको मृत्यु

छोराको आक्रमणबाट बुबाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकामा छोराको आक्रमणबाट बुबाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ६ बजे छ थर गाउँपालिका- ५  ठकुरी टोलका २४ वर्षीय टंकले आफ्नै ५३ वर्षीय भक्तबहादुर भण्डारीलाई धान कुट्ने मुस्लीले प्रहार गरेका थिए । 

छोराकोे आक्रमणपछि  गम्भीर घाइते भएका उनलाई उपचारको लागि  छथर अस्पताल पठाएइको  थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संग्लग्न छोरा टंक फरार रहेको प्रहरीले जनाएको छ ।