close

बालिका र शिशुको शव फेला

बालिका र शिशुको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-१ मा एक बालिकाको शव फेला परेको छ । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।

बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ । पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

शिशु जन्मनेबित्तिकै खोलामा फालेको प्रहरीको अनुमान छ । दुवै घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।