close

किन उठेन काठमाडौंको फोहोर, के गर्दैछ महानगर ?

बञ्चरेडाँडामा अर्को तनाव

किन उठेन काठमाडौंको फोहोर, के गर्दैछ महानगर ?

बञ्चरेडाँडामा अर्को तनाव

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा यही महिनाको सुरुवातदेखि फोहोर उठेको छैन ।

फोहोर नउठ्दा काठमाडौंका मुख्य चोक तथा सडकमा फोहोर थुप्रिएको छ, शहर दुर्गन्धित भएको छ ।

किन उठेन फोहोर ?

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले काठमाडौंको फोहोर उठ्न नसकेको हो ।

गत साउन ४ गते महानगरले सूचना जारी गर्दै काठमाडौंवासीलाई एक हप्ताका लागि फोहोर घरबाहिर ननिकाल्न अनुरोध गरेको थियो । तर आजसम्म पनि फोहोर उठ्न सकेको छैन ।

कामपाका प्रवक्ता नवीन मानन्धर भन्छन्, 'ल्याण्डफिल्ड साइट सिसडोलबाट बञ्चरेडाँडासम्मको सडक मर्मतको काम तोकिएको समयमा पनि पूरा हुन सकेन । त्यसैले गर्दा फोहोर व्यवस्थापनमा समस्या भएको हो ।'

कहिले बन्छ त सडक ?

सडक मर्मतको काम पूरा हुन अझै  केही समय लाग्ने उनले बताए ।

'बाटो बन्न केही दिन लाग्छ, जसका कारण काठमाडौंको सबै स्थानको फोहोर व्यवस्थापन गर्न केही समय कठिन हुन्छ ।' उनले भने ।

बञ्चरेडाँडामा अर्को तनाव

यता बञ्चरेडाँडाका स्थानीयले भने सम्झौता अनुसार काम नभएको भन्दै आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।

अवरोध किन ?

सम्झौता अनुसार  समयमा नै सडक मर्मतको काम नभएको, फोहोर बोक्ने गाडीमा (लिचड ट्यांकी) फोहरको लेदो रहने भाँडो व्यवस्था नगरिएको, स्थानीयको स्वास्थ्य बीमा, शिक्षाको प्रत्याभूतिजस्ता विषयबारे बेवास्ता गरिएको भन्दै उनीहरूले फोहोर व्यवस्थापन गर्न नदिने चेतावनी दिएका छन् ।   

महानगर के भन्छ ?

महानगरपालिकाले भने बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधनको चरणमा रहेको बताएको छ ।

उपत्यकाको कुहिने फोहोर काठमाडौंमै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भइरहेको महानगरका प्रवक्ता मानन्धरले जानकारी दिए । उनका अनुसार, 'त्यसका लागि उपत्यकाको अन्य नगरपालिकासँगको सहकार्यमा जग्गा पहिचानको काम भइरहेको छ ।'