close

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

Trulli
प्रधानसेनापति प्रभुराम शर्मा
ADVERTISEMENT

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलियाको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । साउन ९ गतेदेखि ११ सम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्समा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन् ।  

प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा स्वागत गरेका थिए। उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति रहेको थियो।

सेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरुमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। त्यसका साथै उनको चीन, नाटो र अन्य एसियाली देशका सेना प्रमुखहरुसंग समेत भेटवार्ता भएको जनाइएको छ ।

शर्माको भ्रमण असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।