close

जंगली च्याउ खाँदा ८ जना बिरामी

जंगली च्याउ खाँदा ८ जना बिरामी

Trulli
ADVERTISEMENT

सल्यान । जंगली च्याउ खाँदा आठजना बिरामी भएका छन्। शारदा नगरपालिका-४ का ४ जना र बनगाड कुपिण्डे नगरपालिका-९ का ४ जना गरी आठजना बिरामी परेका हुन्। 

बिरामी हुनेमा शारदा नगरपालिका-४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत छन् । 

त्यस्तै, बनगाड कुपिण्डे नगरपालिका-९ जयतपानीका ४८ वर्षीय भ"पबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली पनि बिरामी भएका प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चारैजनालाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ ।