close

भद्रपुरका धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

भद्रपुरका धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

Trulli
ADVERTISEMENT

झापा । भद्रपुर नगरपालिका–८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । 

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताउनुभयो । “लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौँ”, उनले भने, “तर सुनुवाइ भएको छैन ।”

कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए ।

“फोहर पानी दिएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न पाइँदैन”, उनले भने । धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफल समेत गरेको छ । शुद्ध पानी दिन उनले प्रतिबद्धता व्यक्त गरेका छन् । 

दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४/१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता संस्थानले गरेको छ ।