close

देवाही गोनाहीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने तयारी

देवाही गोनाहीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने तयारी

Trulli
ADVERTISEMENT

रौतहट । देवाही गोनाहीमा नगरपालिका गोनाहीमा सुविधा सम्पन्न नगरस्थरीय अस्पताल सञ्चालनमा  ल्याउने तयारी छ ।

देवाही गोनाहीमा नगरपालिकाको भवन नजिकै घर भाडामा लिएर नगरपालिकामै पहिले पटक अस्पताल संचालनमा ल्याउन लागेको हो । सुविधा सम्पन्न अस्पताल भदौ ७ देखि सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

अस्पताल सञ्चालनमा आएपछि नगरपालिकाका सबै वडा तथा छिमेकी पालिकाका बिरामीले समे  लाभ लिने अपेक्षा गरिएको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले बताए ।

नगरका विपन्न, गरिव र मुख्य ओहोदाका व्यक्तिलाई केन्द्रित गरी नगरपालिकामै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ नगरपालिकाको वडा नम्बर ८ मा हाल दुई एमबीबीएस चिकित्सकले २४ घण्टा सेवा दिने गरी १५ शय्याको बिरामी मैत्री भवन सहितको अस्पताल सञ्चालन ल्याउने तयारी भएको देवाही गोनाहीका नगरप्रमुख प्रेमलाल साह कानुले बताए ।