close

भूमि व्यवस्थापनमा राजनीतीकरण नगर्न आग्रह

भूमि व्यवस्थापनमा राजनीतीकरण नगर्न आग्रह

Trulli
ADVERTISEMENT

इलाम । माङसेबुङ गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विषयमा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको । 

शनिबार माङसेबुङ गाउँपालिकाको आयोजनामा र राष्ट्रिय भूमि आयोग इलाम जिल्लाको सहजीकरणमा जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापन र कार्यान्वयनको विषयमा छलफल भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस कार्यक्रम सम्पन्न गर्नका लागि सबै माङसेबुङबासी तदारुक्ताका साथ लाग्ने बताएका छन्  । 

निर्वाचको समयमा दलगत मुद्दाहरु उठाएर आए पनि भूमि व्यवस्थापनमा राजनीतिकरण नगरी सार्वजनिक सेवाको रुपमा समान सेवा प्रवाह गर्न जनप्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।