close

विद्यार्थीलाई श्रमदान गराउन धरान उपमहानगरले ऐन बनाउने

विद्यार्थीलाई श्रमदान गराउन धरान उपमहानगरले ऐन बनाउने

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामूहिक श्रमबाटै देश बन्ने बताएका छन् । उनले बिहीबार बिहान फेसबुकलाइभमार्फत यस्तो बताएका हुन् । 

उनले करोडौंको ठेक्काले धरानमा नबनेको प्रोजेक्ट श्रमदानबाट सम्पन्न भएको र कुनै योजना सम्पन्न हुने प्रक्रियामा रहेको बताउँदै अब विद्यालयस्तरबाटै श्रमदानको महत्त्व बुझाउन ऐन बनाउन लागेको बताएका छन् । 

उनले फेसबुकलाइभमै धरान उपमहानगरपालिकाले उक्त ऐन बनाउन लागेको बताएका हुन् । उनका अनुसार कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई अनिवार्य श्रमदान गराउने ऐन बनाउन लागेको बताएका हुन् । कम्तीमा एक वर्षमा ७ पटक श्रमदान गर्नुपर्ने तर, दिनभर नभएर सीमित समयको लागि श्रमदान गर्नुपर्ने उनको तर्क छ । 

बिनाऐन श्रमदानको लागि आग्रह गर्दा धेरैले विरोध गरेको हुँदा ऐन बनाउन लागेको बताएका हुन् ।