close

खेतमा काम गरिरहेका तीन महिलाको चट्याङ लागेर मृत्यु

खेतमा काम गरिरहेका तीन महिलाको चट्याङ लागेर मृत्यु

Trulli
ADVERTISEMENT

रौतहट । रौतहटको एउटै गाउँमा आज बिहान (मंगलबार) चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका- ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिए ।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् ।

सँगै रहेकी ४० वर्षीया सैलिदेवी सामान्य घाइते भएकी छन् । चट्याङबाट १३ जना महिला प्रभावित भएको प्रहरीले जनाएको छ ।