close

सर्पले डसेर पुष्पाको मृत्यु, आमा आइसियूमा

सर्पले डसेर पुष्पाको मृत्यु, आमा आइसियूमा

Trulli
ADVERTISEMENT

कञ्चनपुर । विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी १८ वर्षीया पुष्पा दमाईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ ।  

मृतककी आमा ४८ वर्षीया मञ्जु देवी दमाईलाई समेत यही भदौ १८ गते बिहान सुतिरहेको बेला घाँटीमा सर्पले डसेको थियो ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको सघन उपचार कक्ष (आइसियू)मा मञ्जुको उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको छ ।