close

स्थानीयलाई नि:शुल्क रगतदेखि सुत्केरीलाई एम्बुलेन्सम्म

स्थानीयलाई नि:शुल्क रगतदेखि सुत्केरीलाई एम्बुलेन्सम्म

Trulli
ADVERTISEMENT

कैलाली । कैलारी गाउँपालिकाले १०० दिनको उलब्धि सार्वजनिक गरेको छ ।

गत बैसाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित भई कार्यभर सम्हालेको १०० दिन पुगेको अवसरमा त्यहाका जनप्रतिनिधिले उपलब्धि सार्वजनिक गरिएको हो । 

गाउँपालिका अध्यक्ष राजसमझ चौधरी उपलब्धि सार्वजनिक गर्दै मालपोत समायोजनदेखि रगाउँपालिकावासीहरूलाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्म रहेको बताए । 

नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम तर्जुमा, मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स गाउँपालिका बाहिर जिल्लाभित्र जन्मदर्ता प्रोत्साहन कार्यक्रम सञ्चालन, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम संचालन, पुलहरूको मर्मत सम्भार आदी उपलब्धि रहेको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै १५ सैयाको अस्पताल निमार्णका लागि सम्झौता, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर संचालन, विपतपुरका आगलागीपीडितको घर निमार्णका लागि समन्वय, शिवरत्नपुरको पुनर्स्थापनाका लागि समन्वय गरिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । 

गाउँपालिकाको समन्वयमा १५४ जना विपन्नलाई निःशुल्क विद्युत् मिटर वितरण, एफएओसँगको सहकार्यमा १५५० घरघरीलाई हिउदे तरकारीको बीऊ वितरण आदी छन् ।