close

दार्चुला पहिरो अपडेट : ५ जनाको शव फेला, ७ जना बेपत्ता

दार्चुला पहिरो अपडेट : ५ जनाको शव फेला, ७ जना बेपत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रहरीका अनुसार ५ जनाको शव भेटिएको छ भने सात जना वेपत्ता छन् । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ । अन्य सात जना बेपत्ता छन् ।

महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताउनुभयो । 

यसैगरी नौगाड गाउँपालिकामा पहिरामा पुरिएर दुईजना बेपत्ता भएका छन् । खोला आसपासका ११ घर बगाएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सहायक प्रजिअ साउदले जानकारी दिए ।  घटनामा भएको धनजनको क्षतिको यकिन विवरण आउन बाँकी छ ।