close

दार्चुला पहिरो अपडेट : बेपत्ता हुनेको संख्या १० पुग्यो

दार्चुला पहिरो अपडेट : बेपत्ता हुनेको संख्या १० पुग्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । अविरल वर्षासँग गए राति दार्चुलामा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ भने १० जना बेपत्ता भएका छन् । 

प्रहरीका अनुसार ५ जनाको शव भेटिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार महाकाली नगरपालिका–४ स्थित लास्कुखोलामा आएको बाढीमा परी बेपत्ता भएका ५ जनाको शव भेटिएको छ भने अन्य १० जना बेपत्ता छन् ।

महाकाली नदी र लास्कु खोलमा गए राति २ बजेपछि बाढी आएको थियो । खोला आसपासका केही घरसमेत बगाएको साउदले बताए ।