close

परशुराम नगरपालिकाद्वारा १०० दिने प्रगति सार्वजनिक

परशुराम नगरपालिकाद्वारा १०० दिने प्रगति सार्वजनिक

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाका मेयरले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरान आफ्ना पहिलो उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर मुख भरत बडायर जोशीले १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् । 

एक सूचना जारी गर्दै सार्वजनिक गरिएअनुसार स्वास्थ्य क्षेत्रमा ६ वटा महत्त्वपूर्ण काम भएको जनाएको छ । गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको मेयर जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकामा व्यवस्थित बसपार्क, सडक कालोपत्रे, सदरमुकामको बजार क्षेत्रमा ढल निकासको काम भएको नगरपालिकाले जनाएको छ ।