close

पहिरोमा घर पुरिंदा दुई बालिकाको मृत्यु, सातजना बेपत्ता

पहिरोमा घर पुरिंदा दुई बालिकाको मृत्यु, सातजना बेपत्ता

Trulli
ADVERTISEMENT

अछाम । तुर्माखाद गाउँपालिकामा पहिरोले दुईवटा घर पुर्दा दुई बालिकाको ज्यान गएको छ ।  

जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोमा परेर अन्य सातजना बेपत्ता भएको गाउँपालिका-५ वडाध्यक्ष महेन्द्रबहादुर शाहीले पालिका खबरलाई जानकारी दिए । 

शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको उनले बताए । वडाध्यक्ष शाहीका अनुसार नेत्र शाही र उनका श्रीमती बेपत्ता छन् भने छोरीको लाश भेटिएको छ । 

त्यस्तै मीनबहादुर शाहीकी छोरीको पनि लाश भेटिएको छ भने रितु शाहीका ५ जना परिवार बेपत्ता छन् ।