close

साढे ४ करोड लागतमा बनेको क्व्होलासोथारको नयाँ भवनबाट कामकाज सुरु

साढे ४ करोड लागतमा बनेको क्व्होलासोथारको नयाँ भवनबाट कामकाज सुरु

Trulli
ADVERTISEMENT

लमजुङ । क्व्होलासोथार गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट कामकाज सुरु गरेको छ । गाउँपालिकाको वडा नं २ मालिङमा भवन निर्माण सम्पन्न भएसँगै बुधबार देखि नयाँ भवनमा सरेर पालिकाको कामकाज सुरु गरिएको हो ।

४ करोड ३६ लाख ९६ हजार ४६० रुपैयाँ ७० पैसा (भ्याटसहित) मा सम्झौता गरेकोमा निर्माण कम्पनीले सम्झौता रकमभन्दा कम ४ करोड १४ लाख १२ हजार ९ सय ३९ रुपैयाँ ६३ पैसामा भवन निर्माण सम्पन्न गरिएको छ ।

तीन तले आरसीसी भवन निर्माणका लागि २०७७ असोज ३० गते सम्झौता गरी २०७९ असोज ३० गते निर्माण सक्नुपर्नेमा निर्माण कम्पनीले २ पटक गरी ६ महिना म्याद थप गरेर भवन निर्माण सम्पन्न गरेको क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए ।

२ रोपनी ४ आना २ पैसामा जग्गामा रविना–अविशा–विकन जेभीले भवन निर्माण गरेको हो । भवन निर्माणका लागि २ रोपनी १ आना २ पैसा जग्गा खरिद गरिएको थियो भने सँगै रहेको ३ आना जग्गा निवर्तमान वडाध्यक्ष बुद्धिप्रसाद गुरुङले निःशुल्क पालिकालाई दान दिएका छन् । 

भवनमा ३६ वटा कोठा र एउटा हल बनाइएको छ । भवनमा सीसी क्यामरा जडान गरिएको छ । सेवाग्राहीलाई कामकाजमा ढिलाइ नहोस् भनेर सोलार, ब्याट्री व्याकअप समेत राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए ।