close

घरमै सुत्केरी गराउँदा कुशे गाउँपालिकाकी जानुकाको मृत्यु

घरमै सुत्केरी गराउँदा कुशे गाउँपालिकाकी जानुकाको मृत्यु

Trulli
ADVERTISEMENT

जाजरकोट– कुशे गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । गाउँपालिकाको वडा नं–७ रमाईलाकी करिब ३४ वर्षीया सुत्केरी जानुका नेपालीको बिहीबार ज्यान गएको हो । 

उनले बिहीबार बिहान पाँच बजेतिर आफ्नै घरमा छोरी जन्माएकी थिइन् । उनको उच्च रक्तश्रापका कारण मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन् । सिंहका अनुसार घरमै सुत्केरी भएकी नेपालीको अत्याधिक रक्तश्रापबाट मृत्यु भएको हुनसक्ने बुझिएको छ । 

जाजरकोटमा सुत्केरी महिलाहरूको मृत्युको दर धेरै छ । स्वास्थ्य संस्थाभन्दा घरमै सुत्केरी हुनेको संख्या धेरै  भएकाले सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।