close

कानुन पालनामा निर्मम बन्दै वडा कार्यालय

कानुन पालनामा निर्मम बन्दै वडा कार्यालय

Trulli
ADVERTISEMENT

जुम्ला- पातारासी गाउँपालिका-५ वडा कार्यालयले आफ्नो वडा बालविवाहमुक्त घोषणा भइसकेको भन्दै मण्डपमै गएर विवाह रद्द गरी कागज गराएको छ । 

गत चैतमा जिल्लाकै पहिलो वडाका रुपमा पातारासी–५ का माथिल्लो लोर्पा, तल्लो लोर्पा, लासी र जप्ना गरी चार वटा गाउँलाई आइतबार बालविवाह मुक्त गाउँ घोषणा गरिएको थियो । त्यसयता वडा कार्यालयले जनचेतना फैलाने र गाउँगाउँमा छलफल चलाउँदै आएको छ । 

पातारासी गाउँपालिका-५ लाई बालविवाहमुक्त घोषणा गरेपछि बालविवाह शून्य रहेको वडाध्यक्ष डिलबहादुर बुढाले पालिकाखबरलाई बताए । उनकाअनुसार पटक पटक विवाहक प्रयास भए पनि वडा कार्यालय निर्मम हुँदै प्रहरीसहित विवाहस्थलमै पुगेर कागज गराउने काम गर्दै आएको वडाध्यक्ष बुढाको भनाइ छ ।