close

वनगाड कुपिण्डेद्वारा भूकम्प पीडितलाई औषधि र चामल प्रदान

वनगाड कुपिण्डेद्वारा भूकम्प पीडितलाई औषधि र चामल प्रदान

Trulli
ADVERTISEMENT

सल्यान- वनगाड कुपिण्डे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ । 

भेरी नगरपालिका र नलगाड नगरपालिकाको लागि ४३ वटा ब्लाङ्केट र १२ काट्नु तत्काल आवश्यक पर्ने औषधि सहयोग हस्तान्तरण गरिएको हो । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १८ वटा बलाङ्केट ६ काटुन औषधि सहयोग हस्तान्तरण गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । साथै सानीभेरी गाउँपालिकामा २० बोरा चामल सहयोग गरिएको उपप्रमुख पुरुषोत्तम आचार्यले जानकारी दिए । 

छिमेकीलाई विपत्तिमा परेको बेला केही सानो भए पनि सहयोग गरेको नगरपालिका जनाएको छ । नगरपालिका दुई वटा एम्बुलेन्स स्वास्थ्यकर्मी र स्कारपियो समेत उद्धारमा खटाइएको नगरपालिकाले जनाएको छ ।