close

वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

Trulli
ADVERTISEMENT

सर्लाही- धनकौल गाउँपालिकाका-५ का वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो ।

सो मुद्दामा जिल्ला अदालत सर्लाहीका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा उनलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल वडाध्यक्ष महतोलाई पुर्पक्षमा कारागार पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

महतो स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । 
यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ती व्यक्तिहरू फरार रहेका र तीनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।