close

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख

Trulli
ADVERTISEMENT

मुगु- छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख उपलब्ध गराएको छ ।

छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।

कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए । छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।