close

धनगढी उपमहानगरपालिकामा नि:शुल्क शव चिस्यान केन्द्र

धनगढी उपमहानगरपालिकामा नि:शुल्क शव चिस्यान केन्द्र

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले दुई लाख २२ हजार ९६० को लागतमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । 

धेरै दिनसम्म राख्नुपर्ने शवको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख गोपाल हमालले बताए । चिस्यान केन्द्र विद्युतबाट सञ्चालन हुनेछ । 

प्रमुख हमालले उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिस्यान सेवा सञ्चालन गर्ने भनिएअनुसार सो सेवा सञ्चालनमा ल्याइएको बताए । शव चिस्यान सेवालाई निरन्तरता दिने बताउँदै विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको हमालको भनाइ छ । 

उपमहानगरपालिकाले विपन्न मृतकका परिवारलाई दाउरा र किरिया खर्च गर्न पाँच हजार दिँदै आएको छ ।