close

टीकापुर नगरपालिकामा सुकुम्वासीहरूले लगाए ताला

टीकापुर नगरपालिकामा सुकुम्वासीहरूले लगाए ताला

Trulli
ADVERTISEMENT

कैलाली- टीकापुर नगरपालिका र वडा नम्बर-१ को कार्यालयमा भूमिहीन सुकुम्वासीहरूले तालाबन्दी गरेका छन् ।

सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाइ गरिएको भन्दै आज बिहान ११ बजेदेखि तालाबन्दी गरेका छन्।

नगरपालिकाले वडा नम्बर ६ मा सुकुम्वासीहरूका लागि निस्सा वितरणको कार्य सुरु गरेको भए पनि अन्य वडाहरूमा सुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्वासीहरूले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।