close

अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण

अपाङ्गता भएका व्यक्तिहरुलाई कम्बल वितरण

Trulli
ADVERTISEMENT

महोत्तरी– ३२औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मटिहानी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई कम्बल वितरण गरेको छ । आइतबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दै कम्बल वितरण गरेको हो । 

कार्यक्रममा नगरपालिकाभित्रका  ४० जना अपाङ्गता भएकालाई कम्बल  वितरण गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले बताइन् । उनको अनुसार नगर प्रमुख हरि प्रसाद मण्डलले सो कम्बल वितरण गरेका हुन् ।