close

महिला विकास निरीक्षकले गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह गर्दा..

महिला विकास निरीक्षकले गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह गर्दा..

Trulli
ADVERTISEMENT

खोटाङ- दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कर्मचारीले लैंगिक हिंसाविरुद्ध सडक नाटक प्रदर्शन गरेका छन् । 

गाउँपालिकामा कार्यरत कर्मचारीले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रमको अवसर पारेर आइतबार ‘बुहार्तन' नामक सडक नाटक प्रदर्शन गरेका हुन्‌ । 

गाउँपालिकाका छैठौं अधिकृत जनक ढुंगानाले लेखन तथा निर्देशन गरेको नाटकमा अपरेटर सुनिता राईले आमा, कम्प्युटर अपरेटर रन्जन फलयले बाबु, उद्यम विकास सहजकर्ता मिना तामाङले बुहारी, पशु प्राबिधिक मनिराज मगरले छोरा, असिस्टेन्ट सब- इन्जिनियर पशुपति पुनले छोरीको भूमिका निभाएका थिए ।

यस्तै, सहायक महिला विकास निरीक्षक ओमसरा राईले गाउँपालिका उपाध्यक्ष, जनस्वास्थ्य निरिक्षक मुरारी सिग्देलले उजुरी अधिकृत, हेल्लो डाक्टरका टिमलिडर सुरेश प्रधानले ढ्वाँसे, हेल्लो डाक्टरका स्वास्थ्यकर्मी सुशिला राईले साहुनी, कृषि प्राबिधिक प्रशान्त राई र पशु प्राबिधिक डिल्लीराम ढुंगानाले ढ्वाँसेको साथी तथा गाउँ प्रहरी हवल्दार सुबिन राईले सुरक्षाकर्मीको भूमिका निभाएका थिए ।

सडक नाटकमा उत्कृष्ट अभिनय गर्ने मिना तामाङ (बुहारी) र मनिराज मगर (छोरा)लाई गाउँपालिकाले पुरस्कृत गरेको छ । हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षासहित सडक नाटक प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।