close

लुम्बिनीमा लैंगिक समानता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

लुम्बिनीमा लैंगिक समानता सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्चालन गरिएको हो । 

लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र लैंगिक समानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतिकरण दिएकी थिईन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपमेयर कल्पना हरिजनले समाजमा लैंगिक समानता कायम राख्नुपर्ने बताइन् । ज्येष्ठ, अपांग, दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताइन् ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,वडाअध्यक्ष तथा कार्यपालिका सदस्य,शताब्दी रिसर्चका टिम,नगरपालिकाका शाखा प्रमुख तथा महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।