close

सिन्धुलीका ४ स्थानीय तहमा छैन स्तनपान कक्ष

सिन्धुलीका ४ स्थानीय तहमा छैन स्तनपान कक्ष

Trulli
ADVERTISEMENT

सिन्धुली- जिल्लामा चार वटा पालिका अझै स्तनपान कक्षविहीन छन् । 

जिल्लाका नौ वटा पालिकामध्ये कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरिएको छैन । ती पालिकाले कोठाको अभावमा स्तनपान कक्ष स्थापना गर्न नसकेको जनाएका छन् । 

गाउँपालिका आफैँ अहिले भाडाको घरबाट सञ्चालन भइरहेको र सबै कर्मचारी कोचिएर काम गर्नुपर्ने अवस्था रहेकाले स्तनपान कक्ष स्थापना गर्न नसकेको गोलन्जोर गाउँपालिकाले जनाएको छ । कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकाले पनि कोठाको अभावमै स्तनपान कक्ष व्यवस्था गर्न नसकेको जनाएका छन्।

दुधेबालक च्यापेर हिँड्नुपर्ने बाध्यतामा रहेका महिला सेवाग्राहीलाई स्तनपान कक्षको व्यवस्था नहुँदा निकै असहज हुने सेवाग्राही बताउँछन्।