close

स्थानीयलाई डकर्मी तालिम : सहभागीहरूले नि:शुल्क शौचालय बनाइदिने

स्थानीयलाई डकर्मी तालिम : सहभागीहरूले नि:शुल्क शौचालय बनाइदिने

Trulli
ADVERTISEMENT

सल्यान- छत्रेश्वरी गाउँपालिकाको आयोजनामा १० दिने डकर्मी तालिम सुरु भएको छ । 

सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाअन्तर्गत पालिकाभित्रका डकर्मी तालिम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । विशेष गरेर शौचालय निर्माणलाई जोड दिँदै तालिममा संरचना निर्माणका लागि उपयुक्त स्थानको छनौट, नक्सा, संरचना प्रणाली, निर्माण सामग्रीको गुणस्तर, सामग्रीको प्रयोग लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान प्रदान गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

तालिमअन्तगंत स्तरीय शौचालय नभएका तथा शौचालय नै नभएका गाउँपालिकाभित्रका २० वटा घरधुरीमा शौचालय निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका वास इकाईका प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए । उनका अनुसार ती घरहरूमा प्रशिक्षकहरू सँगै सहभागी प्रशिक्षार्थहरूले शौचालय निर्माण गर्नेछन्‌ । 

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष बुढाथोकीले तालिममा सहभागी धेरैजसोले विगतदेखि नै मिस्त्री काम गरिरहेको भन्दै सीपलाई थप निखार्न, नयाँ ढङ्गले निर्माण कार्य गर्नका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।