close

राति ९ बजे नगरपालिका बोलाएर कर्मचारीमाथि बलात्कारको प्रयास

राति ९ बजे नगरपालिका बोलाएर कर्मचारीमाथि बलात्कारको प्रयास

Trulli
ADVERTISEMENT

पर्सा- पोखरिया नगरपालिकाको कार्यालयमै सरसफाइ गर्ने एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास भएको छ । 

सरसफाइको नाममा शुक्रबार राति करिब साढे ९ बजेको समयमा कार्यालयमा बोलाइ सरसफाइका नाइकेले बलात्कारको प्रयास गरेको महिला सरसफाइकर्मीले आरोप लगाएकी छन् ।

कारबाहीको माग गर्दै महिलाले शनिबार इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी समेत दिएकी छन् । रातिदेखिनै आरोपित सरसफाइका नाइके रामबली हजारा फरार रहेको प्रहरीले जनाएको छ । पीडित महिलाका अनुसार राति खाना पकाउने समयमा सरसफाइ गर्नु छ भन्दै नगरपालिकामा बोलाइएको थियो ।