close

थाहा नगरको पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी

थाहा नगरको पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी

Trulli
ADVERTISEMENT

मकवानपुर- थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो ।

शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरिन् । आज पनि प्रदर्शनी जारी छ ।  प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । 

बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन् । जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तह एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको उनले बताइन् । 

प्रदर्शनीमा थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिकस्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका ६० वटा फोटो राखिएको छ । शनिबारसम्म चल्ने प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको रहेको छ ।–––