close

चौरजहारी जिल्लाकै उत्कृष्ट स्थानीय तह

चौरजहारी जिल्लाकै उत्कृष्ट स्थानीय तह

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम- चौरजहारी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा चौरजहारी नगरपालिकाले उत्कृष्ट रहेको हो । 

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा चौरजहारी नगरपालिकाले जिल्लाका अन्य स्थानीयतहरु भन्दा बढी अर्थात् ९३.५ प्रतिशत अङ्क प्राप्त गरेको छ । निमित्त जिल्ला समन्वय अधिकारी ओलीका अनुसार आठबीसकोट नगरपालिकाले स्वमूल्याङ्कनमा ९२ अङ्क प्राप्त गरेको छ भने त्रिवेणी गाउँपालिकाले ८७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी, सानीभेरी गाउँपालिकाले ८१, मुसिकोट नगरपालिकाले ७३.७५ र बाँफिकोट गाउँपालिकाले ६८.५ अङ्क प्राप्त गरेका छन् ।

एक सय पूर्णाङ्कमा ४० भन्दा कम ल्याउनेलाई असफल मानिन्छ भने ४० देखि ८० अङ्क ल्याउनेलाई मध्यम र ८० भन्दा बढी ल्याउनेलाई उत्कृष्ट मानिन्छ ।  यस मूल्याङ्नमा स्थानीय आर्थिक नीति तथा योजना, आर्थिक विकास पूर्वाधार, आर्थिक सशक्तिकरण र उद्यमशिलता विकास तथा औद्योगिक प्रर्द्धनका विषयवस्तुमा अङ्क प्रदान गरिन्छ ।