close

आजदेखि काठमाडौं टावर र धरहराको पार्किङ खुला

आजदेखि काठमाडौं टावर र धरहराको पार्किङ खुला

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्कि खुला गरेको छ । ​न्यूरोडमा क्षेत्रमा पार्किङ निषेध गरिएसँगै दुई स्थानको पार्किङ खुला गरिएको महानगरले जनाएको छ । 

काठमाडौं महानगरपालिकाका अनुसार धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा सर्वसाधारणका लागि खुला गरिएको हो । 

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार धरहरा क्षेत्रका साथै पुरानो बसपार्क (काठमाडौं टावर) क्षेत्रमा सर्वसाधारणका लागि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ  ।