close

बारीगाँउको ७१ घरमा पुग्यो धारा

बारीगाँउको ७१ घरमा पुग्यो धारा

Trulli
ADVERTISEMENT

लमजुङ– दोर्दी गाउँपालिकाको वडा नं ५ बारीगाँउको घरघरमा धारा पुगेको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, दोर्दी गाउँपालिका तथा खानेपानी तथा सरसफाई ब्यबस्थापन समिति बारीगाँउको आर्थिक सहयोगमा घरघरमा धारा पुगेको हो । 

७१ घरमा 'एक घर एक धारा' तथा सार्वजनिक संस्थामा ३ गरि ७४ धारा निर्माण गरि गाउँपालिकाले उपभोक्ता समितिलाई बिहिबार हस्तान्तरण गरेको छ । खानेपानी धारा निर्माणबाट बारीगाँउको ३४६ जना लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । 

गोर्खा वेल्फेयर ट्रष्ट नेपालको  ३४ लाख ९६ हजार १८६ रुपैयाँ, दोर्दी गाउँपालिकाको तर्फबाट ४ लाख ७७ हजार ७९४ रुपैयाँ तथा स्थानीय उपभोक्ता समितिको तर्फबाट ४ लाख ४२ हजार ३५५ रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न भएको हो।

गोर्खा वेल्फेयर ट्रष्ट नेपालकै सहयोगमा वडा नं ६ को किर्तिपुर गाउँका घरघरमा धारा पुगेको र छिट्टै हस्तान्तरण हुने गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका प्रत्येक वडामा 'एक घर एक धारा' पुगिसकेका छन् । टोल टोलमा भने पुग्न बाँकी रहेको उनले जानकारी दिए । 

गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, सिआरएस् नेपाल र प्रदेश सरकारको लगानीमा पालिकामा एक घर एक धाराका काम भइरहेको पालिका अध्यक्ष अधिकारीका स्वकीय सचिव हरि घिमिरेले बताए । उनले भने, ‘वडा नं १ मा प्रदेश सरकारले घरघरमा खानेपानी पु¥याउने काम गरिरहेको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले मात्रै करिब ९०० घरमा खानेपानी पुर्याएको छ ।’ 

मुहानदेखि मुखसम्म नाराको साथमा पालिकाले खानेपानीको मुहानबाट घरघरमा पानी पुर्याउने काम गरिरहेको छ । गण्डकी प्रदेश सरकारबाहेक अन्य संस्थाको आर्थिक सहयोगमा खानेपानीको आयोजना सञ्चालन हुँदा गाउँपालिकाले १० प्रतिशत आर्थिक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए ।