close

कटहरीेले व्यक्ति तथा संघ संस्थालाई सहयोग नगर्ने

कटहरीेले व्यक्ति तथा संघ संस्थालाई सहयोग नगर्ने

Trulli
ADVERTISEMENT

मोरङ - कटहरी गाउँपालिकाले व्यक्ति तथा संघ संस्थालाई सहयोग बन्द गरेको छ । गाउँपालिकाले गाउसभाको निर्णय बमोजिम सो सहयोग बन्द गरेको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साहका अनुसार स्थानीय व्यक्ति तथा संस्थाको सहयोगका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन गरेको रकम सकेपछि बन्द गरेको हो । गाउँपालिकाले चालु आवमा सहयोगका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार गाउँपालिकाले स्थानीय धर्म र संस्कृतीको लागि बजेट विनियोजन गर्दै आएको छ । स्थानीय धर्म संस्कृती र समूदायको जर्गेना गर्नको लागि गाउँपालिकाले बजेट विनियोजन र वितरण गर्दै आएको उनको भनाइ छ ।

गाउँपालिकाले जितिया, माघे संक्रान्ति तथा विभिन्न चाडवर्प मनाउनको लागि रकम वितरण गर्दै आएको छ । जनप्रतिनिधिले संघ संस्था तथा व्यक्तिलाई सहयोग गर्नको लागि बजेटको व्यवस्थापन गरेमा सो कार्यक्रम सञ्चालन हुने उनले सुनाए ।