close

रोशीको ३ स्थानमा क्षयरोग स्क्रिनिङ शिविर

रोशीको ३ स्थानमा क्षयरोग स्क्रिनिङ शिविर

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिकाको क्षयरोग स्क्रिनिङ शिविर सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा पालिकाको विभिन्न तीन स्थानमा शिविर सञ्चालन गर्न लागेको जनाएको छ । 

रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका  अनुसार माघ २१ गते रोशी-२ शिखर आम्बोटे स्वास्थ्य चौकी, माघ २२ गते रोशी-११ कालढुङ्गास्थित डम्फु पार्कमा र माघ २३ गते रोशी-५ सिसाखानी स्थित सिसाखानी स्वास्थ्य चौकीमा शिविर आयोजना गरिँदैछ । 

लामो समयदेखि दम खोकी लागेका, पहेलो ढिक्का खकार आउने, तौल बिस्तारै घट्दै गएका, विगतमा क्षयरोगका
बिरामी भएका घरका परिवारका सदस्यहरू तथा स्थानीयहरुले शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।