close

आलोकनगरमा चल्यो महानगरको डोजर

आलोकनगरमा चल्यो महानगरको डोजर

Trulli
ADVERTISEMENT

काठमाडौं- सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । 

महानगरपालिकाको प्रहरी टोलीले वडा कार्यालयको खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका १४ वटा अस्थायी घर टहरा भत्काइरहेको वडाध्यक्ष सरोज ढकालले पालिकाखबरलाई बताए । 

उनका अनुसार आफ्नो वडामा रहेका अवैध संरचनाको अध्ययन भइरहेको र सोही रफ्तालमा हटाइने छ । अनधिृकत रुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाइएको वडाध्यक्ष ढकालले बताउ ।  

अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आइरहेका भौतिक सामग्रीहरू हटाएर डोजर चलाउने काम भएको महानगरले जनाएको छ ।