close

इस्मामा अ‍ैँचोपैँचोबाट चल्ने पसल

इस्मामा अ‍ैँचोपैँचोबाट चल्ने पसल

Trulli
ADVERTISEMENT

गुल्मी– इस्मा गाउँपालिकाले अति विपन्न तथा पिछडिएको समुदायलाई सुपथ पसल सञ्चालन गर्न सहयाेग गर्ने भएकाे छ । गाउँपालिकाकाे चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार 'सुपथ पैँचो सहकारी' पसल स्थापना गरेर सहयोग गर्ने भएको हो । 

खाद्य संस्थानसँग समन्वय गरेर पिछडिएका समुदाय तथा अति विपन्न परिवारलाई सहयोग गर्नका लागि सो पसलको अवधारणा ल्याइएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । 

उनकाअनुसार कुमाल समुदायमा अति विपन्न परिवार छन् । त्यसैले कुमाल समुदायलाई पायक पर्ने स्थानमा पसल खोल्नको लागि गाउँपालिकाले सूचना समेत आह्वान गरिएको छ । 

‘कुमाल समुदायका नागरिकले त्यो पसलबाट बजारको मूल्यभन्दा पाँच रुपैयाँ सस्तो प्राप्त गर्न सक्ने गरेर पसल खोल्न खोजेका हौँ,’ अध्यक्ष खड्काले पालिकाखबरलाई बताए । 

गाउँबाट नागरिकहरुले आफूले उत्पादन गरेको सामाग्री ल्याएर पसलमा छाडेर दैनिक जीवनमा अत्यावश्यक सामाग्री लैजान सक्नेछन् ।सो पसलमा स्थानीयले छाडेको सामाग्री खाद्य संस्थानलाई बिक्रीका लागि वातावरण सिर्जना गर्ने योजना रहेको उनले बताए । 

पसल र समुदायबीच अ‍ैँचोपैँचोबाट समेत सामाग्री खरिद बिक्री गर्ने उद्देश्य लिएको उनले जानकारी दिए । उनले भने, ‘पसल सञ्चालनमा भने आइसकेको छैन ।’

कुमाल समुदायलाई सहयोग पुग्ने हिसाबले पसल खोल्ने व्यक्तिलाई गाउँपालिकाले पसल स्थापनाका लागि आर्थिक सहयोग समेत उपलब्ध गराउने उनले बताए । पसलको स्थापनाको लागि सहयोग गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाको छल्दी खोला बग्ने छल्दी जलाधार क्षेत्रमा विशेष गरी कुमाल समुदाय रहेको छ । वडा नं १, २, ३, ५ र ६ मा कुमाल समुदायको बसोबास रहेको पालिका अध्यक्ष खड्काले जानकारी दिए ।