close

स्वास्थ्य परीक्षण तथा भत्ता वितरण शिविरबाट ४०१ जना लाभाम्बित

स्वास्थ्य परीक्षण तथा भत्ता वितरण शिविरबाट ४०१ जना लाभाम्बित

Trulli
ADVERTISEMENT

सिन्धुली- मरिण गाउँपालिकाको आयोजना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सोमबारदेखि सुरु भएको छ । ७ दिनसम्म चल्ने शिविरबाट सबै वडाका नागरिकले सेवा पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताएका छन् । 

सोमबार वडा कार्यालय खलङ्गामा सम्पन्न शिविरबाट २५४ जनाले सेवा लिएका थिए । शिविरमा आएका जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने सामाजिक सुरक्षा भत्ता लिने लाभाग्राहीले पनि सेवा पाएको गाउँपालिकाले जनाएको छ । 

आज दोस्रो दिन वडा कार्यालय मुङ्ग्रेबाट र रातमाटा माविमा सम्पन्न शिविरबाट १४७ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ । भोलि सामुदायिक इकाइ भवन, बरुण र वडा कार्यालय सातधाराबाट सेवा दिइने गाउँपालिकाले जनाएको छ ।