close

शुद्धोधनद्धारा ३५० जनालाई कम्बल वितरण

शुद्धोधनद्धारा ३५० जनालाई कम्बल वितरण

Trulli
फाइल तस्विर
ADVERTISEMENT

कपिलवस्तु– शुद्धोधन गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाअन्तर्गतका हरेक वडाका अपाङ्गता भएका ३५० जनालाई कम्बल वितरण गरेको हो ।

गाउँपालिकाले स्थानीय सरकारको आभास गराउन कम्बल वितरण गरेको उपाध्यक्ष होम प्रकाश चौधरीले बताए । छुटेका १८/१९ जना अपाङ्गता भएका व्यक्तिलाई दोस्रो पटक सूचना प्रकाशन गरी कम्बल वितरण गर्ने उपाध्यक्ष चौधरीले पालिकाखबरलाई जानकारी दिए । 

वडा नं १ पतरिया, वडा नं २ नन्दनगर, वडा नं. ३ गुलरी, वडा नं. ४ विठुवा, वडा नं. ५ हथिहवा र वडा नं. ६ विमिहाका अपाङ्ग भएका व्यक्तिलाई कम्बल वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेलले बताए । बढ्दो चिसो मौसमको कारण उनीहरुलाई न्यानो राख्न कम्बल वितरण गरेको अधिकृतको भनाइ छ । यसका लागि गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको छ ।