close

विपन्न परिवारलाई आवास हस्तान्तरण गर्दै मर्चवारी

विपन्न परिवारलाई आवास हस्तान्तरण गर्दै मर्चवारी

Trulli
फाइल तस्विर
ADVERTISEMENT

रुपन्देही– मर्चवारी गाउँपालिकाले विपन्न परिवारलाई आवास हस्तान्तरण गर्ने भएको छ । गाउँपालिकाले आवास निमार्ण भइसकेकोले विपन्न परिवार छनौट गरी आवास हस्तान्तरण गर्ने भएको हो ।

गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ७ सम्मका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गरिने प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले जानकारी दिए । गाउँपालिकाले विपन्न नागरिक आवास सञ्चालन कार्यविधी, २०७९ बमोजिम नौ वटा आवास निमार्ण भइसकेको उनले बताए ।

गाउँपालिकाभित्रका विपन्न परिवार पहिचान गरी आवास हस्तान्तरण गर्ने अधिकृतले बताए । आवेदनका आधारमा विपन्न घरपरिवार छनौट गरी ९ वटा आवास हस्तान्तरण गरिने बताए । 

गत वर्ष विपन्न घरपरिवार पहिचान गरी १२ वटा आवास हस्तान्तरण गरिएको थियो । चालु आवमा बजेट घटेर ५० हजार रुपैयाँ विनियोजन भएकोले ९ वटा आवास हस्तान्तरण गरिने उनको भनाइ छ ।