close

बेरोजगारीको तथ्यांक संकलन गर्दै बागमती

बेरोजगारीको तथ्यांक संकलन गर्दै बागमती

Trulli
ADVERTISEMENT

सर्लाही- बागमती नगरपालिकाले न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवेदन माग गरेको छ ।

बागमती नगरपालिकाका रोजगार शाखा प्रमुख निलम कुशवाहाका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा न्यूनतम रोजगारीमा संलग्न हुनको लागि आवेदन माग गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन पालिकाभित्रका १८ वर्षदेखि ५९ वर्षसम्मका स्थानीयले फागुन मसान्तसम्म आवेदन दिइसक्नुपर्नेछ । 

वेरोजगार व्यक्तिहरुले नागरिकता प्रमाण पत्रको प्रतिलिपि, हस्तलिखित निवेदकका साथमा निवेदकको पासपोर्ट साइजको फोटो एक प्रतिसहित आवेदन माग गरिएको रोजगार शाखाले जनाएको छ ।