close

४७० जनालाई चाँगुनारायणले कानून पढायो

मानव बेचबिखन, लैंगिक हिंसा, घरेलु हिंसा, महिलाको हक तथा अधिकारहरु, न्यायिक समितिमा पेस गर्ने कानूनी लिखत मस्यौदा र न्यायिक समितिको क्षेत्राधिकार र काम कर्तव्यलगायतका बारेमा जानकारी दिइएको थियो ।

४७० जनालाई चाँगुनारायणले कानून पढायो

मानव बेचबिखन, लैंगिक हिंसा, घरेलु हिंसा, महिलाको हक तथा अधिकारहरु, न्यायिक समितिमा पेस गर्ने कानूनी लिखत मस्यौदा र न्यायिक समितिको क्षेत्राधिकार र काम कर्तव्यलगायतका बारेमा जानकारी दिइएको थियो ।

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाको आयोजनामा भएको ९ दिने कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  नगरपालिकाले वडा नं १ देखि ९ सम्म कार्यक्रम आयोजना गरिएको कानुन शाखाका कानुनी सहजकर्ता बिकाश खड्काले बताए । 

कानुनी ज्ञान दिन तथा समाजमा हुनसक्ने विभिन्न घटना न्यूनीकरणमा सहयोग गर्न नगरपालिकाले वडा वडामा सो कार्यक्रम गरेको जनाएको छ । गत माघ २५ गतेबाट सुरू कार्यक्रम फागुन ४ गते सम्पन्न भएको हो । नगरपालिकाका कानुनी सल्लाहकारद्वय किरण न्यौपाने र कृष्णमुरारी खनालले सहजीकरण गरेका नगरपालिकाको कानुन शाखाले जनाएको छ । सो कार्यक्रममा ४७० जनाको सहभागिता थियो । 

वडाका जनप्रतिनिधि, महिला, बालबालिका, ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारी तगा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । कानूनी सचेतना कार्यक्रममा मानव बेचबिखन, लैंगिक हिंसा, घरेलु हिंसा, महिलाको हक तथा अधिकारहरु, न्यायिक समितिमा पेस गर्ने कानूनी लिखत मस्यौदा र न्यायिक समितिको क्षेत्राधिकार र काम कर्तव्यलगायतका बारेमा जानकारी दिइएको थियो । 

साथै न्याय निरुपणको प्रक्रिया तथा चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा न्याय सम्पादनको क्रममा देखिएका सफलता र चुनौतीहरुबारे छलफल गरिएको थियो । वडा नं २ बाट सुरू भएको कानुनी सचेतना वडा नं ९ मा समापन भएको नगरपालिकाले जनाएको छ ।