close

ईशनाथ नगरपालिकामा अनिस्चितकालीन कर्फ्यु

ईशनाथ नगरपालिकामा अनिस्चितकालीन कर्फ्यु

Trulli
ADVERTISEMENT

रौतहट- सरस्वतीको मूर्ति बिसर्जनको क्रममा झडप भएपछि ईशनाथ नगरपालिकामा कर्फ्यु लगाइएको छ। ‘ईशनाथ नगरपालिकाको वडा नम्बर ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर आज मिति २०८०/११/०५ गते घिउरामा पुनः विवाद र झडपको स्थिति उत्पन्न भएकोले’ कर्फ्यू लगाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।

उक्त समयमा नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा गाउँ, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न पाइने छैन । अझै कर्फ्यू लम्बिन सक्ने प्रजिअ रेग्मीको भनाइ छ ।