close

चाँगुनारायणको स्काउट आयुक्तमा जरेजु

चाँगुनारायणको स्काउट आयुक्तमा जरेजु

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाका नगरप्रमुख एवं स्थानीय स्काउट संरक्षक जीवन खत्रीले राजकुमार जरेजुलाई स्काउटको स्थानीय आयुक्त पदमा मनोनयन गरेका छन् । 

नेपाल स्काउट नियमावली, २०७७ को नियम २१ को उपनियम (क) बमोजिम मनोनयन गरी नगरप्रमुख खत्रीले आइतबार मनोनयन पत्र हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाका शिक्षा, खेलकुद तथा युवा शाखा प्रमुख वीरबहादुर खड्काका अनुसार माघ २६ गते स्थानीय स्काउट परिषद्‍मा निर्वाचित भएका उनलाई आज मनोनयन गरिएको हो । ‘चाँगुनारायण नगरपालिकाका मेयरसाव जापान जानु भएको थियो, हिजो आइपुग्नु भएकाे उहाँले आज मनोनयन गर्नु भएको हो’ शाखा प्रमुख खड्काले बताए ।

गत माघ २६ गते सम्पन्न निर्वाचनबाट स्थानीय स्काउट परिषद्‍मा विजयी भएका ११ जना सदस्यमध्ये जरेजु आयुक्त बनेका हुन् ।