close

महिलालाई उद्यमी बनाउन तालिम दिँदै माछापुच्छ्रे

महिलालाई उद्यमी बनाउन तालिम दिँदै माछापुच्छ्रे

Trulli
ADVERTISEMENT

कास्की– माछापुच्छ्रे गाउँपालिकाले महिलालाई उद्यमशिलता तालिम दिने भएको छ । गाउँपालिकाले उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम सञ्चालन गरेर महिलालाई तालिम प्रदान गर्न लागेको हो । 

महिलाहरुलाई उद्यमशिलतासँग जोड्ने उद्देश्यले चालु आर्थिक वर्षबाट ‘उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम’ सञ्चालनमा ल्याइएको गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताइन् । 

‘कार्यक्रमबाट एउटा वडाबाट कम्तीमा ५/७ जना महिलालाई उद्यमी बनाउने लक्ष्य लिएका छौँ ,’ उनले पालिकाखबरसँग भनिन् । 

सो कार्यक्रममार्फत ढाका बुन्ने, सिलाइकटाइ, पोते बुन्ने लगायतका तालिम प्रदान गरेर महिलाहरुलाई व्यावसायिक तथा आत्मनिर्भर बनाउने उनले बताइन् । 

उता, गाउँपालिकाले उपाध्यक्षसँग महिला उद्यमी कार्यक्रम अन्तर्गत तालिम दिन आवेदन खुला गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै ढाका बुनाइ र चुरा पोते बनाउने तालिमका लागि महिलाहरुको आवेदन माग गरेको छ । 

गाउँपालिकाले ढाका बुनाइसम्बन्धि ४५ दिने तथा चुरा पोते बनाउने तालिम ७ दिने तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सहभागि हुन चाहने १८ वर्ष पुरा भइ ५० वर्ष ननाघेका महिलालाई १० दिनभित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।