close

धोबिनीका दुई बालिकाको जिम्मा सानो पाइलाले लिने

धोबिनीका दुई बालिकाको जिम्मा सानो पाइलाले लिने

Trulli
ADVERTISEMENT

पर्सा- धोबिनी गाउँपालिका–४ लङ्गडीका दुईजना नाबालिकाको लालनपालन र शिक्षाको जिम्मा ‘सानो पाइला’ले लिने भएको छ । धोबिनी गाउँपालिका-४ का वडाध्यक्ष अबास मिया चुरिहारका अनुसार उनीहरूको कुनै सरकारी कागजात नभएको हुँदा वडाको पहलमा उनीहरूको जन्मदर्ता बनाउनको लागि पहल भइरहेको छ । 

विभिन्न सामाजिक सञ्जाल र समाचारपत्रहरूमा प्रकाशित समाचारपछि धोबिनी गाउँपालिका–४ लङ्गडीका दिदीबहिनी प्रियङ्का र मनिषालाई सानो पाइलाको बालगृहमा राखेर लालनपालन गरिने निर्णय सानो पाइलाले जनाएको छ । तत्काल दुवै दिदीबहिनी अहिले हजुरआमाको क्रियामा बसेका र उनीहरू सोमवार क्रिया मुक्त भएपछि वीरगंज महानगर–७ स्थित सानो पाइलाको बालगृहमा राखेर हेरचाह गरिनेछ । 

१० वर्षीया प्रियङ्का ठाकुर र सात वर्षीया मनीषा ठाकुरका आमाबुबाको आठ वर्ष पहिले मृत्यु भएको थियो । उनीहरूलाई भीख मागेर लालनपालन गर्दै आएकी वृद्ध हजुरआमाको पनि यही फागुन ३ गते निधन भएपछि उनीहरूको बिचल्ली भएको थियो ।

उनीहरू हाल हजुरआमाको किरियामै रहेका वडाध्यक्षको भनाइ छ । उनीहरूको कागज मिलाउने र किरिया सकिएपछि जनप्रतिनिधिको रहोबरमा सानो पाइलालाई जिम्मा दिने वडाको योजना छ ।