close

लालबन्दीमा आँखा शिविर : मोतियाविन्दुका बिरामी धेरै

लालबन्दीमा आँखा शिविर : मोतियाविन्दुका बिरामी धेरै

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिका-७ मा शनिबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लालबन्दी-७ का वडाध्यक्ष कृष्ण कुमार कार्कीका अनुसार वडा नम्बर-७ मा एकदिन भएको शिविरमा मोतियाबिन्दुका बिरामी धेरै भेटिएका छन् । 

लायन्स क्लब लालबन्दीको आयोजनामा शनिबार जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएकामध्ये ९५ जनामा मोतियाविन्दु फेला परेको हो । 

लाइन्स क्लवका अनुसार आइतबार वडा नम्बर-१५ र १६ मा शिविर जारी छ । त्यस्तै भोलि सोमबार वडा नम्बर १७ मा शिविर आयोजना गरिने तालिका रहेको छ । नगरपालिकाको विभिन्न स्थानमा शिविर सम्पन्न भएपछि मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्याक्रिया गरिनेछ । जसका लागि यही फागुन १८ गते सामुदायिक परोपकार आँखा उपचार केन्द्र लालबन्दीमा अप्रेसनको व्यवस्था गरिएको छ ।