close

महानगरकै क्यान्टिनलाई ५० हजार जरिवाना

महानगरकै क्यान्टिनलाई ५० हजार जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयभित्र सञ्चालनमा रहेको नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाको अनुसार अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खानासमेत खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवंम् कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए । 

'पहिलेदेखि नै सेवाग्राहीबाट गुनासा आइरहेको र शुक्रबार पनि कम्प्लेन आएको कारण हामीले अनुगमन गर्दा बास्तवमै खानै नसकिने खालको खाद्यबस्तु फेला पारिएको हुँदा कारबाही गरिएको हो,' उनले भने । उनका अनुसार यसअघि पनि उनलाई सचेत गराइ सकिएको थियो । 

अनुगमनपछि जरिवानासँगै खाना बनाउन प्रयोग गरिने तेल बढीमा चार पटकभन्दा धेरै प्रयोग नगर्न, ताजा र स्वस्च्छ खानेकुरा उपलब्ध गराउन, पैसाअनुसारको खानाको मात्रा हुनुपर्ने, बासी खानेकुरा नखुवाउनसमेत निर्देशन दिइएको छ ।