close

चाँगुनारायणमा शिवपार्वती रथ यात्रा

चाँगुनारायणमा शिवपार्वती रथ यात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिका–८ सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिवपार्वती रथ यात्रा हुने भएको छ ।

मानवकल्याण आध्यात्मिक प्रतिष्ठानले रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा शिवतान्त्रिक बुद्धिकुमार गुरुले यही फागुन २३ गते विजय एकादशीको दिन १५औँ बृहत् शिवपार्वती रथ यात्राको आयोजना गरिने बताए । प्रतिष्ठानले हरेक वर्ष झैँ यसवर्ष पनि ललितपुरको बालकुमारी मन्दिरबाट बिहान सुरु हुने रथयात्रा कोटेश्वर, जडिबुटी, लोकन्थली, ठिमी, राधेराधे, सूर्यविनायक, कमलविनायक, सुडाल हुँदै चाँगुनारायण‐८ कलमसी कल्पेश्वर धाममा पुगेर समापन हुनेछ । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्राको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतिष्ठानले सुडालको कलमसीमा १०८ रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको छ । त्यस क्षेत्रमा शिवको मूर्तिलगायत बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री एक सय आठ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति समेत राखिने छ ।